समाजवाद कुन चरीको नाम हो: मुख्यमन्त्री शर्मा

काठमाडाैं | फागुन ५, २०७९

समाजवाद कुन चरीको नाम हो:  मुख्यमन्त्री  शर्मा

सुर्खेत:  कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले समाजवाद कुन चरीको नाम हो भन्दै प्रश्न गरेका छन् ।

 

उनले त्यो समाजवादको चरीलाई समातेर अघि बढ्नुपर्ने अहिलेको आवाश्यक रहेको बताए । शुक्रबार सुर्खेतको बलबुलेमा आयोजित कर्णाली उत्सवमा बोल्दै शर्माले भने– ‘समृद्ध कर्णाली निमार्णको लागि शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधार आवाश्यक छ।’

 

समाजवादको व्याख्या गर्नेहरुको कमी नरहेको बताउँदै शर्माले अहिलेको अवस्थामा कस्तो खालको समाजवाद आवाश्यक हो ? समस्याको समाधान कसरी गर्ने भन्ने कुरा मुख्य रहेको बताए। ‘कर्णालीका समस्या साधानको बहस निरन्तर गर्न जरुरी छ’, शर्माले भने, ‘नीति निर्माण र कार्यान्वयनमा अपनत्वलाई अगाडि बढाउन जरुरी छ ।’ 


कार्यान्वयन गर्न जनस्तरबाट सहयोग पुर्‍याउने कुरा महत्वपूर्ण रहेको शर्माको भनाइ छ ।

 

शर्माले कर्णाली बहसले समृद्ध कर्णाली निर्माणमा महत्वपूर्ण सहयोग अपेक्षा गर्दै उनले भने, ‘सबैले चाहेको समाजवाद भनेकै सुख र खुसी हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्